डडेल्धुरा । डडेल्धुराकी एक बालिकाको मृत्यु भएको छ । डडेल्धुरा परशुराम नगरपालिका–६ तातापानी घर भएकी महादेब नाथकी छोरी १४ वर्षीया पुष्पा नाथको शनिबार कञ्चनपुरमा मृत्यु भएको हो ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बैशाखा शिविरस्थित स्याली नदीमा सोही नगरपालिका–१ तल्लो चौराह स्थित मामा घरमा बस्ने उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।