डडेल्धुरामा भाले चितुवा मृत भेटियो

डडेल्धुरा: डडेल्धुरामा एउटा चितुवा मृत भेटिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा मंगलबार बिहान चितुवा मरेको भेटिएको हो ।

मृत भेटिएको भाले चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको कार्यालय परिसरमा ल्याई खाडलमा पुरिएको कार्यालय प्रमुख सुरेश चन्द्र डिसीले जानकारी दिए।

उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए। उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बई र २ फिट ३ इन्च उचाई रहेको छ।

 

Loading...