गुडिरहेको माइक्रो बसमाथि रुख खस्यो

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा सात जना यात्रु घाइते भएका छन ।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि गजुरी–५ जरेखोला नजिक पहिरोसंगै रुख खसेको हो ।

पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि खसेपछि सात जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । उनीहरुको परिचय भने खुलिसकेको छैन ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

Loading...