दार्चुलामा मकरिगाडमा बगेर एक जना बेपत्ता

दार्चुला । दार्चुलामा मकरिगाड खोलामा बगेर एक जना बेपत्ता भएका छन ।

जिल्लाको अपिहिमाल गाउँपालिका–३ का अन्दाजी ४२ वर्षीय मोहन सिह धामी मकरिगाड खोलामा बगेर बेपत्ता भएका प्रहरीले बताएको छ ।

आइतबार अपिहिमाल–५ स्थित मकरिगाड खोला तरेर वडा नम्बर ४ खण्डेश्वरीतर्फ गइरहेका उनी बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बेपत्ता धामीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

 

Loading...