डडेल्धुरामा निजामती सेवा दिवसको अवसरमा वृक्षरोपण

डडेल्धुरा  डडेल्धुरामा  भदौ २२  गते २१ औँ निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । ‘सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवसको अवसरमा जिल्लाकै मुख्य पर्यटक स्थाल ऐतिहासिक अमरगढी किल्ला परिसरमा राष्टिय फुल लालीगुरासका बोट रोपी बृक्षारोपण कार्यक्रम गरिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ । निजामती सेवा दिवसको अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी असोक भन्डारीले वृक्षरोपण गरेर निजामती दिवस मनाएको हो । यस्तै डडेल्धुरा जिल्लामा रहेका सरकारी कार्यालय प्रमुख तथा कर्मचारीको पनि उल्लेखिय सहभागिता रहेको थियो । दिवसको अवसरमा डडेल्धुरा जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन आउने पहिलो सेवाग्राहीलाई स–सम्मान सहित सेवा प्रवाह गरियो थियो ।

यस्तै निमित्त.प्रमुख जिल्ला अधिकारीे असोक भन्डारीले जिल्लामा कार्यरत निजामती राष्ट्रसेवक कर्मचारीलाई जनता प्रति समर्पित भएर काम गर्नुपर्ने बताएका छन ।

निजामती सेवा दिवस २०८१ को अवसरमा राष्ट्रिय फुल लालिगुरासको संरक्षण ,प्रवर्द्धन गर्न ऐतिहासिक अमरगढि किल्ला बाट लालिगुरास बिरुवा रोपण को सुभारम्भ गरि सरकारी कार्यालयमा समेत लालिगुरास रोपण गर्ने कर्मचारी मिलन केन्द्र डडेल्धुराका अध्यक्ष करुणकर अवस्थीले बताउनु भयो । उनले नेपालको राष्ट्रिय फुल लालिगुरासको संरक्षण ,प्रवर्द्धन गर्नका लागी डडेल्धुरा सदरमुकाममा अभियानकै रुपमा बृक्षारोपण गर्ने अध्यक्ष अवस्थीले बताउनु भएको छ ।

यस्तै निजामती सेवा दिवसकै अवसरमा जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यलय डडेल्धुरामा कार्यरत हलुका सवारी चालक कर्मचारी कासीराम ओझालाई नगद रु दश हजार र दोसल्ला प्रमाणपत्रसहित उनीहरूलाई सम्मानित गरिएको छ । जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यलय डडेल्धुराका कार्यलय प्रमुख राम रथ खरेलले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र कर्मचारी मिलन केन्द्र डडेल्धुराको आयोजनामा मनाइएको निजामती सेवा दिवसको अवसरमा राष्ट्रिय फुल लालिगुरासका ५०० विरुवा डिभिजन वन कार्यलय डडेल्धुराले सहयोग गरेको डिभिजन वन कार्यलय डडेल्धुराका डिभिजन वन प्रमुख सुरेश चन्द्र डी.सीले बताएका छन ।

Loading...