सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, तोलामा १५ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ सय रुपैयाँले घटेको सुन आज १५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५०० कायम भएको छ ।
सोमबार सुन प्रतितोला १ लाख ६७ हजारमा खरिदबिक्री भएको थियो। त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला चाँदी २ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Loading...