डडेल्धुरा – गेटा आँखा अस्पताल अन्तरगत बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषध सहित पक्राउ परेका छ ।
शुक्रबार दिउँसो धनगढीको चौराहबाट उनी १० ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनी सँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरीलाई पनि पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।