विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन ।

कोहलीले टेस्ट फर्म्याटमा १२३ खेलबाट ९ हजार २३० रन बनाए । जसमध्ये ३० खेलमा शतक बनाएका थिए भने ३१ खेलमा अर्धशतक बनाए ।

Loading...