कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन ।

टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरी ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन ।

यस्तै गौरीगंगा नगरपालिका–८ बडैपुर स्थित हसुलिया जाने सडकको दक्षिण साइडमा रहेको गौरी गणेश सामुदायिक वन भित्रबाट धनगढी उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय सरोज चौधरी पक्राउ परेका छन ।

सरोजलाई २१० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। दुई जनालाई बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Loading...