प्रधानमन्त्री ओली कैलाली आउँदै, हाईड्रोपावरको उद्वघाटन गर्ने

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छन् । साउन १३ गते कैलाली आउन लागेको नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले बताए  । सरकारी कार्यक्रम अनुसार ओली कैलाली आउन लागेको बताइएको छ ।

साउन  १३  गते कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन । बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन ।

 

Loading...