स्वास्थ्य कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमका सूचकाङ्कको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डडेल्धुरा प्रदेशभरिमै उत्कृष्ट भएकाे छ ।

स्वास्थ्य कार्यालय डडेल्धुराले ८५.२० अंकसहित ‘ए’ ग्रेड हासिल गर्दै अन्य जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पछि पारेकाे हाे ।

यस मूल्याङ्कनमा स्वास्थ्य कार्यालय डोटी ८२.५० अंकसहित दाेस्राे भएकाे छ भने कैलाली ८१.७५ अंकसहित तेस्राे भएकाे छ ।

स्वास्थ्य कार्यालय डडेल्धुराले यस उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा सरकारी–गैरसरकारी साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको छ ।

Loading...