डडेल्धुरामा राप्रपा उम्मेदवार गोविन्द खडायतको सचिवालय उद्घाटन

डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गोविन्द खडायतको चुनावी सचिवालय डडेल्धुराकाे बागबजारमा उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमबीच सचिवालयको उद्घाटन गरिएको हो ।
यसैक्रममा राप्रपा प्रतिनिधि सभा उम्मेदवार गाेबिन्द खडायतले चुनावी अभियानलाई औपचारिक गति दिने उद्देश्यले सम्पर्क कार्यालय तथा सचिवालय सञ्चालनमा ल्याएका छन । साेमबार आयोजित एक कार्यक्रमकाबीच खडायतले रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला तहका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।यस्तै उम्मेदवार खडायतले डडेल्धुराको समग्र विकास, सुशासन र जनताको हक–हितका लागि आफू प्रतिबद्ध भएर अघि बढ्ने बताएका छन ।
उनले वर्तमान राजनीतिक अवस्थाबाट जनता निराश भएको उल्लेख गर्दै राप्रपाले राष्ट्र, धर्म, संस्कृति र जनताको पक्षमा स्पष्ट एजेन्डा बोकेको छ । “डडेल्धुरामा परिवर्तन आवश्यक छ, त्यो परिवर्तन राप्रपाबाट सम्भव छ,” खडायतले भने ।
निर्वाचनमा राप्रपालाई बलियो बनाउन चुनाव चिन्ह हलाेमा मतदान गरि प्रतिनिधिसभा उम्मेदवार खडायतलाई विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । सचिवालय उद्घाटनसँगै चुनावी गतिविधिहरूलाई थप प्रभावकारी बनाइने खडायतले जनाएका छन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी माहोल तातेको छ । यस्तै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा उम्मेदवार डा. ताराप्रसाद जोशीकाे सचिवालय उद्घाटन भयकाे छ भने स्वतन्त्रका प्रतिनिधि सभा उमेदवार  गाैरव एरकाे पनि सचिवालयकाे उद्घाटन गरिसकेका छन ।

Loading...