डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचनमा राप्रपा पनि प्रतिस्पर्धामा

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सशक्त रूपमा प्रतिस्पर्धामा उत्रिएको छ ।

मुख्य दलहरूसँगै राप्रपाले आफ्नो संगठन विस्तार, घरदैलो अभियान तथा कार्यकर्ता परिचालनलाई तीव्र बनाएको जनाएको छ ।
डडेल्धुरा जिल्लामा २०४७ शाल देखी नेपाली काग्रेसका पुर्व सभापति शेरबहादुर देउवाले बहुमतले बिजय हासील गरेको भएपनि अहिले   उनिले  निर्वाचनमा उमेदवारी  नदिएपछि   जिल्लामा अहिले नेपाली काग्रेसबाट  उमेदवार दिएका नैनसिंह महर , रास्वपाका उमेदवार डा. तारा जाेशी , नेकपा एमालेका उमेदवार चक्र प्रसाद स्नेही ,  नेकपाका उमेदवार मान सिह माल   र राप्रपाका उमेदवार गाेबिन्द खडायत   बिच प्रतिस्पर्धा हुने देखिएको छ ।
राप्रपाले आफ्नो मुख्य एजेन्डाका रूपमा हिन्दुराज्य पुनःस्थापना, सनातन धर्म–संस्कृतिको संरक्षण तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था जस्ता मुद्दा अघि सारेको छ । पार्टीका नेताहरूले नेपाललाई पुनः हिन्दुराज्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्दै धर्मनिरपेक्षताले राष्ट्रिय पहिचान कमजोर बनाएको बताउदै आएका छन ।
नेपालको संविधान २०७२ ले देशलाई धर्मनिरपेक्ष राज्यको रूपमा परिभाषित गरेको छ । संविधान जारी भएपछि धर्मनिरपेक्षता र हिन्दुराज्यको विषयमा समय–समयमा बहस हुँदै आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले धर्मनिरपेक्षता खारेज गर्दै हिन्दुराज्य पुनःस्थापनाको माग उठाउँदै आएको छ भने अन्य प्रमुख दलहरूले धर्मनिरपेक्ष व्यवस्थालाई संविधानको मूल आधारका रूपमा लिएका छन ।
डडेल्धुरामा पनि यही बहस चुनावी मुद्दाको रूपमा देखिन थालेको छ । केही मतदाताहरू परम्परा र धार्मिक पहिचानको पक्षमा खुलेर समर्थन जनाइरहेका छन । राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा हिन्दुराज्य र धर्मनिरपेक्षताको बहसले मतदाताको धारणा प्रभावित गर्न सक्ने सम्भावना रहेको छ ।
राप्रपाका नेताहरूले हिन्दुराष्ट्र, सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणलाई प्रमुख एजेण्डा बनाउँदै मतदातासमक्ष पुगिरहेका छन । युवाहरूको सक्रिय सहभागिता र कार्यकर्ताको उत्साहजनक उपस्थितिले यसपटक राम्रो परिणाम आउने पार्टीले दाबी गरेको छ ।
डडेल्धुरा जिल्लामा विगतका निर्वाचनहरूमा मुख्य ठूला दलहरूबीच प्रतिस्पर्धा हुँदै आएको भए पनि यसपटक राप्रपाले पनि बलियो उपस्थिति जनाउँदै चुनावी प्रचारप्रसारलाई त्रिब बनाएको छ । विभिन्न वडा तथा गाउँ–नगरमा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भइरहेका छन । निर्वाचन नजिकिँदै जादा जिल्लमा प्रतिनिधिसभा निर्वाचनमा सहभागी १३ दलहरूले प्रचार–प्रसारलाई तीव्रता दिएका छन भने मतदाताहरू पनि उम्मेदवारहरूको एजेण्डा र प्रतिबद्धता मूल्याङ्कन गर्न व्यस्त देखिन्छन ।

Loading...