मानव एकता दिवसको अवसर पारेर संन्त निरंकारी मन्डल शाखा डडेल्धुराले रक्तदान कार्याक्रम गरे

डडेल्धुरा । मानव एकता दिवसको अवसर पारेर संन्त निरंकारी मन्डल डडेल्धुराले रक्तदान गरेको छ ।
रगत नालीमा हैन नाडीमा बगाउनु पर्छ भन्ने मुल नाराका साथ संन्त निरंकारी मन्डल डडेल्धुराले रक्तदान गरेको हो ।

डडेल्धुरा संन्त निरंकारी मन्डल शाखा डडेल्धुराले रक्तदान गरेको छ । रगत नालीमा हैन नाडीमा बगाउनु पर्छ भन्दै निरंकारी बाबा हरदेव सि.जि महाराजको पवित्र भनाईलाई उद्गार गर्दै डडेल्धुरा जिल्लामा रहेका सँंन्त परिवार हरुले रक्तदान गरेका छन । निरंकारी मन्डल डडेल्धुराको आयोजनामा गरिएको रक्तदान कार्यक्रंम नेपाल रेडक्रस सोसाइटी डडेल्धुराको सहयोग रहेको थियो । मानव एकता दिवसको अवसर पारी संन्त निरंकारी मन्डल डडेल्धुराले रक्तदान लगाएता पानीका मुलहरु सरसफाई गर्दै आईरकोमा सर्वसाधारणहरु पनि खुसि भएका छन ।

संन्त निरंकारी मन्डल डडेल्धुराले आयोजना गरेको रक्त दान कार्यक्रममा रगत नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखा ब्लड वैंकमा जम्मा भएको छ । पछिल्लो समयमा जिल्लामा रक्त दान गर्ने नागरिकहरुको संख्यामा वद्धी हुँदै गएको छ । सात पहाडी जिल्लाको मुख्य केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा आउने बिमारी हरुलाई रगतको लागी कुनै समस्या नरहेको र निरंकारी मिसन डडेल्धुराले आवश्यक रगत परिपूर्ति गर्न महत्पूर्ण भूमिका निर्वाह गर्दे आएको नेपाल रेडक्रस सोसाइटी शाखा डडेल्धुराका ईन्चार्ज किसन हमालको भनाई छ ।


‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने सतगुरु बाबा हरदेब सिह जि महाराजको दिव्य सन्देशका साथ बिभिन्न जिल्लाका संन्तमहापुरुष हरुले १२४८ प्वाईन्ट रक्त संकलन गरेको संन्त निंरकारी मिसन नेपालका अध्याक्ष नरबहादुर रावलले बतानु भयो ।

हालसम्म सन्त निरंकारी मिशनका सँन्तमहापुरुषहरुले करीब १५ लाख भन्दा बडि प्वाईन्ट रगत संकलन गरिसकेको अध्याक्ष रावलको भनाई छ । रक्तदान जीवनदान भन्दै रगतको अभावमा बिरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले संन्त निरंकारी मिसनले देशका बिभिन्न जिल्ला हरुमा रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

मानव एकता दिवसको अवसर पारेर रगत नालीमा हैन नाडीमा बगाउनु पर्छ भन्ने मुल नाराका साथ यो मात्रै बर्ष बिभिन्न जिल्लाका संन्तहरुले १२४८ प्वाईन्ट रगत संकलन गरिएको छ ।

 

 

 

Loading...