धनगढीमा सेवा निवृत्त शिक्षक तथा कर्मचारी सम्मानित, शिक्षक महासंघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
धनगढी कार्तिक १८ । नेपाल शिक्षक महासंघ धनगढी उपमहानगरपालिका कार्यसमिति अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा दीपावली, नेपाल सम्बत् ११४७ र छठ पर्वको उपलक्षमा शुभकामना आदान प्रदान तथा सेवा निवृत्त शिक्षक कर्मचारीहरूलाई सम्मान कार्यक्रम भव्यता पूर्वक सम्पन्न भयो ।
महासंघका केन्द्रिय सचिब धनबहादुर सिंहको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सेवा निवृत्त शिक्षकहरू लक्षमण दत्त भट्ट, ज्ञानेन्द्रबहादुर शाह, गणेशदत्त जोशी, राजेद्र पोखरेल, हेमराज जोशी, नवराज अवस्थी, लक्ष्मी पाण्डेय, सवितादेवी उपाध्याय, चक्र बि क, जयप्रकाश मिश्र, नवराज ओझा, खेमा शाह, सावित्री जोशी, दामोदर बस्नेत, हरिना सिंह,बाबुराम चौधरी, बसन्ती भण्डारी, अनिता श्रेष्ठहरू सम्मानित भए भने विद्यालय कर्मचारीहरू रुद्रराज भुजेल, क्रिमलाल चौधरी, भीमबहादुर मगर लगायतका शिक्षासेवीहरूलाई सम्मानित गरियो ।
समारोहमा नेपाल शिक्षक महासंघ केन्द्रिय समितिमा मनोनित केन्द्रिय सदस्य भूपाल सिंह खड्कालाई वधाई ज्ञापन गरि सम्मान गरियो ।
धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूका शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा शिक्षक नेताहरू धनबहादुर सिंह, खडक खड्का, भूपालसिंह खड्का, डिल्लीराज पन्त, ज्ञानेन्द्रबहादुर शाह, नेत्रा नाथ, प्रेम शाही, सिताराम अवस्थि,, तेजबहादुर सिंह,लक्ष्मण दत्त भट्ट, गंगाराम ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक एकतामा जोड दिदै नेपाल शिक्षक महासंघ धनगढीलेले आयोजना गरेको सहिष्णुतापूर्ण शुभकामना तथा सम्मान कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सस्थागत सह अध्यक्ष गगनबहादुर सिंह र संचालन सह सचिव गौरीशंकर जोशीले गरेका थिए ।
कार्यक्रमको प्रायोजक रहेको नवजीवन अस्पताल प्रा लि धनगढीले टिचर स्पेसल हेल्थ केयर डिस्काउन्ट कार्ड पनि वितरण गरेको थियो ।