काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नै प्रदेशको टोली कर्णाली याक्सलाई ट्रफी हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेपछि शाहीले खुसी व्यक्त गरेका हुन ।
आफ्नै हातबाट आफ्नै प्रदेशको टोलीलाई ट्रफी हस्तान्तरण गर्न पाउनु आफू र खेलाडीहरूका लागि सुखद अवसर भएको उनले बताएका छन्। यस जितसँगै कर्णाली याक्सले प्रतियोगिताको लिग चरण सुखद जितका साथ टुंग्याएको उनको भनाइ छ ।
आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोज १९.१ ओभरमा १२९ रनमै समेटिएको थियो। कर्णालीले २४ रनको जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।
यद्यपि, जितका बाबजुद कर्णाली याक्स प्लेअफमा पुग्न सकेन। चितवन राइनोजले भने यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।
- Facebook Comments
- Comments