महाकालीमा पानीको वहाव बढ्यो, शारदा ब्यारेजमा ठूला सवारी आवागमन रोक

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार शनिबार साँझ महाकालीमा पानीको बहाव १ लाख २१ हजार क्युसेक पुगेको छ ।

महाकालीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिकै ठूला सवारी साधन आवागमनमा रोक लगाइने गरेको छ ।

Loading...