कति पुग्यो सुनको मूल्य

सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेर एक लाख ५२ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७९५ रुपैयाँमा किनबेच भएको थियो ।

Loading...