नेपाली आकाश प्रवेश गरेलगत्तै लखनऊ डाइभर्ट भयो फ्लाई दुबईको जहाज

काठमाडौँ । दुबईबाट काठमाडौँका लागि उडेको फ्लाइ दुबईको जहाज नेपाली आकाशबाट डाइभर्ट भएको छ ।

नेपाली आकाशमा आज प्रवेश गरे लगतै फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट गरिएको जनाइएको छ ।

Loading...