धनगढी। धनगढीबाट ११ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थित प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय रोहित सिजापतीसहित ११ जना पक्राउ परेका हुन ।
आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ५३ हजार ३५० र १० गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका ११ जनाको नाम भने प्रहरी सार्वजनिक गरेको छैन ।