नेपाली सेनाको शीघ्र प्रभाव योजना अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–१ भत्काडा स्थितमा निर्माण सम्पन्न गरिएको २४,००० हजार लिटर क्षमताको पक्की पानी टंकी एक विशेष समारोहका बीच स्थानीय उपभोक्ता लगाएत अमरगढी नगरपालिका–१ का अध्यक्षलाई हस्तान्तरण गरिएको छ ।

पानी टंकीको औपचारिक हस्तान्तरण श्री अर्जुनबाण गणका गणपति प्रमुख सेनानी उज्जल थापाले गर्नुभएको थियो ।
हस्तान्तरण कार्याक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
नेपाली सेनाको शीघ्र प्रभाव योजना अन्तर्गत १८ लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको हो । नेपाली सेनाको दह व्यारेकमा रहेको श्री अर्जुनबाण गणको समन्वयमा निर्माण कार्य अगाडि बढाइएको थियो ।

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका अमरगढी नगरपालीका वडा नम्वर–१ का स्थानीय बासिन्दालाई अहिले भत्काडा स्थित तडिबाटामा निर्माण सम्पन्न भएको टंकीले दैनिक जीवनमा सहजता ल्याउने आशा गरिएको छ ।
बर्खामा खानेपानीको समस्या नरहेपनि गर्मियाममा खानेपानीको धेरै समस्या हुनेहुदा अमरगढी नगरपालिका–१ भत्काडा स्थितमा निर्माण सम्पन्न गरिएको २४,००० हजार लिटरको टंकी निर्माणसगै अब खानेपानीको अभावा समाधान हुने स्थानीय बासिन्दाको भनाई छ ।

यस्तै उक्त कार्याक्रममा बोल्दै अमरगढी नगरपालीका १ का अध्यक्ष लोक बहादुर ऐरले पक्कि पानी टंकी निर्माणसँगै अमरगढी नगरपालीका वडा नम्वर–१ दुधकाडे र स्याउले बजारका करिब १ सय भन्दा बढी घरधुरीले प्रत्यक्ष लाभ पाउने अध्यक्ष एैरको भनाई छ ।
कार्याक्रममा बोल्दै श्री अर्जुनबाण गणका गणपति प्रमुख सेनानी उज्जल थापाले नेपाली सेनाले राष्ट्रको सुरक्षा बाहेक, सामाजिक र विकास निर्माण क्षेत्रमा समेत सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो । “सेना सधैं राष्ट्र र जनताको सेवामा समर्पित छ,“ उहाँले भन्नुभयो, “हामी यस्ता आयोजनामार्फत जनताको जीवनस्तरमा सुधार ल्याउन सघाइरहेका छौं ।“नेपाली सेनाले भौतिक पुर्वाधा वाताबरण संरक्षण विपद व्यवस्थापन र ऐतिहासिक धार्मिक संस्कृतिसंथ सम्बन्धित क्षेत्रहरुमा आवश्यकता अनुसार शिघ्र प्रभाव परियोजना संचालन गर्दै छ । यसले नागरिक सैनिकको सम्बन्धलाई मजबुद बनाउन सहयोग पुग्ने श्री श्री अर्जुनबाण गणका गणपति प्रमुख सेनानी उज्जल थापाले बताउनु भएको छ ।

स्थानीय बासिन्दाहरू तथा उपभोक्ता प्रतिनिधिहरूले नेपाली सेनाप्रति धन्यवाद व्यक्त गर्दै खानेपानीको दीर्घकालीन समस्या समाधानमा सहयोग पु¥याएकोमा खुशी व्यक्त गरेका छन । उनीहरूले भविष्यमा पनि यस्ता सामाजिक र विकासीय कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने स्थानिय सहभागीहरुको भनाई छ ।