टी-२० विश्वकप : अफगानिस्तानले न्युजिल्यान्डलाई हरायो

काठमाडौँ : आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको छ।

शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तालने न्युजिल्यान्डलाई ८४ रनले हराएको हो।

जितका लागि न्युजिल्यान्डले १६० रनको लक्ष्य पाएको थियो तर ऊ ७५ रन बनाएर १५.२ ओभरमै अलआउट भएको हो।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

यसपछि अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ८० र इब्राहिम जद्रानले ४४ रन बनाए।

Loading...