प्रमुख जिल्ला अधिकारीले गरे पोखरा–बेलापुर सडकको अनुगमन

डडेल्धुरा । डडेल्धुराको पोखरा–बेलापुर सडक खण्ड कालोपत्रे गर्नेक्रममा निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरिरहेको र गुणस्तरहीन काम भएको भन्दै स्थानीयको गुनासो आएपछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला समन्वय समितिका प्रमुख गगन सिह भण्डारी र सरोकारवाला निकायहरु सहितको उपस्थितिमा निर्माणस्थलको अनुगमन गरिएको छ ।

 


सदरमुकामस्थित अमरगढी नगरपालिका–७ र नवदुर्गा गाउँपालिका–१ जोडने जिल्लाकै महत्त्वपूर्ण सडक योजना पोखरा–बेलापुर सडक खण्डको कालोपत्रेमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले गुनासो गरेपछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बुधबार निर्माणस्थलमा पुगेर विस्तृत अनुगमन गरेको हुन ।


अनुगमन क्रममा केही स्थानमा काम गुणस्तरहीन र मापदण्ड विपरीत भएको देखिएपछि निर्माण कम्पनीलाई तुरुन्तै सुधार गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनले भने निर्माण कम्पनीले निर्माण कार्य तत्कालै सुधार नगरे विभागीय कार्यावाही गर्ने प्रमुख जिल्ला अधिकारीकोे भनाई छ ।

यस्तै स्थानीय गणेश बहादुर साउदले सडक कालोपत्रे गर्ने काम निकै गुणस्तरहीन भइरहेको गुनासो गरे उनले भने निर्माण कम्पनीले निर्माण कार्य तत्कालै सुधार गरी दिगो र सुरक्षित सडक निर्माण गर्नुपर्ने उनको भनाई छ । यसैबीच स्थानीयवासीले सडक निर्माण स्थानीयको दीर्घकालीन आवश्यकतासँग जोडिएको विषय भएकाले गुणस्तरमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताए ।

नवदुर्गा गाउँपालिका–१ जोडने पोखरा–बेलापुर सडक खण्डको कालोपत्रे गर्ने ठेक्का सम्झौता पूर्वाधार विकास कार्यालय डडेल्धुराले केएस कन्स्ट्रक्सनसँग गरेको थियो । कन्स्ट्रक्सनले बेलापुर सडक खण्डको कालोपत्रे गर्न लापरबाही गरेको पाईयोको र ठेक्का सम्झौता अनुसार पुन सुधार गर्न‘ुपर्ने समन्वय समितिका प्रमुख गगन सिह भण्डारीले बताए । उनले भने सडक गुणस्तरीय भएको नभएको बारे पटक पटक अनुगमन गर्ने भण्डारीको भनाई छ ।

यता निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने काम निरन्तर सञ्चालन भएको र कहि कमिकमजोरी लाई सुधार गरेर जाने बताएको छ । विभिन्न बाधा अड्चनका कारण केही काममा ढिलाइ भएको भएपनि अब काम निरन्तर सञ्चालन भएको कम्पनीले जनाएको छ ।

 

 

Loading...