संस्थाका पदाधिकारी र कर्मचारीहरूबिच परियोजनाको वार्षिक समीक्षा बैठक सम्पन्न

डडेल्धुरा । डडेल्धुरामा  राष्टिय मुक्त हलिया समाज महासंघ  डडेल्धुराका   संस्थाका पदाधिकारी र कर्मचारीहरूबीच परियोजनाको वार्षिक समीक्षा बैठक सम्पन्न । संस्थाले सञ्चालन गरिरहेका विभिन्न परियोजनाको प्रगति, उपलब्धि र चुनौतीहरूको समीक्षा गर्ने उद्देश्यले संस्थाका पदाधिकारी र कर्मचारीहरूबीच वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।

बैठकमा चालु आर्थिक वर्षमा कार्यान्वयन भएका परियोजनाहरूको समग्र अवस्था, लक्ष्यअनुसारको उपलब्धि, खर्च विवरण, प्रभावकारिता तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्या, सिकाइ र अनुभवहरू साझा गर्दै समाधानका उपायहरूबारे समेत समीक्षा गरिएको थियो ।

कार्याक्रमलाई सम्बोधन गर्दै राष्टिय ‘मुक्त हलिया समाज महासंघका सयोजक तेजराम लुहारले परियोजनाहरूलाई अझ प्रभावकारी, पारदर्शी र नतिजामूलक बनाउन सबै कर्मचारीहरूबीच समन्वय, जिम्मेवारी र प्रतिबद्धता आवश्यक रहेको बताए । उनले आगामी वर्षका लागि योजना बनाउँदा स्थानीय आवश्यकता, दिगोपन र लक्षित वर्गको पहुँचलाई प्राथमिकतामा राख्न बताए त्यसैगरी, कर्मचारी प्रतिनिधिहरूले फिल्डस्तरमा भोगिएका चुनौती, समुदायको प्रतिक्रिया तथा परियोजनाबाट परेको सकारात्मक प्रभाव बनाउन सबैको जिम्मेबारी हुनुपर्ने सयोजक लुहारको भनाईछ ।


त्यस्तै, परियोजना संयोजकले वार्षिक अवधिमा हासिल गरिएका उपलब्धि सन्तोष जनक रहेको बताउँदै कृषकहरुलाई आवस्यकता अनुसार कृषि औजार,मौरीपालन,तरकारीखेती कुखुरापालनमा सहयोग गर्दै ३ हजार २ सय ५९ जाना कृषकहरुलाइ व्यापसायीक बनाएको राष्टिय ‘मुक्त हलिया समाज महासंघका सयोजक तेजराम लुहारको भनाई छ ।
बैठकमा सहभागीहरूले परियोजना सञ्चालनमा आएपछि आफुहरुलाई सहज भएको बताए उनका अनुसार समुदायस्तरमा सानो सहयोगले मद्दत पुग्ने धारणा व्यक्त गरे । समीक्षा बैठकको अन्त्यमा सहभागीहरूले आगामी कार्ययोजनालाई व्यवहारिक, दिगो र लक्ष्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

Loading...