डडेल्धुराको ज्ञानोदय विद्यानिकेतनमा छुकछुके रोवर्ट निमार्ण कार्यशालाको आज समापन

डडेल्धुरा । विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा नवप्रवर्तनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले ज्ञानोदय विद्या निकेतन मा तीनदिने छुकछुके रोबोट निर्माण कार्यशालाको आज समापन हुने विद्यालयले जनाएको छ ।
बैशाख १३ गतेदेखि सुरु भएको कार्यशालाको आज समापन हुने भएको हो ।कार्यशालाको आयोजना ज्ञानोदय विद्या निकेतनको आयोजना र गोदावरी आविष्कार केन्द्रको सहजिकरणमा २० जना विद्यार्थीको सहभागितामा
कम्प्युटरमा डिजिटल डिजाइन, यान्त्रिक संरचना निर्माण, इलेक्ट्रोनिक जडान तथा सञ्चालनसहित छुकछुके रोबोट तयार गरिएको छ ।
कार्यशालाको पहिलो दिन अनसेप्स सफ्टवेयरमार्फत रोबोटका पार्टपुर्जा डिजाइन गर्ने, दोस्रो दिन मेकानिकल असेंबली गर्ने तथा तेस्रो दिन इलेक्ट्रोनिक जडानसहित छुकछुके रोबोट फुटबल प्रतियोगिता आयोजना गरिनेछ।
विद्यालयका प्रिन्सीपल कृष्ण ओझा ले विद्यालयमा यस्ता व्यवहारिक सिकाइ कार्यक्रमको आवश्यकता औंल्याउँदै “आजको शिक्षा केवल किताबमा सीमित भएर नपुग्ने, विद्यार्थीले आफ्नै हातले बनाउने, बिगार्ने, सुधार्ने र प्रयोग गर्ने अवसर पाउनेछुकछुके रोबोट कार्यशाला त्यही व्यवहारिक र सिर्जनात्मक शिक्षाको एउटा महत्वपूर्ण सुरुवात भएको वताए ।”
कार्यशालाको अन्तिम दिन विद्यार्थीहरूले निर्माण गरेका छुकछुके रोबोटहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिनेछ, जसले सिकाइलाई अझ रमाइलो, प्रतिस्पर्धात्मक र उपलब्धिमूलक बनाउने अपेक्षा गरिएको छ।

Loading...