डडेल्धुरा । जिल्लामा विश्व हिन्दु परिषद् नेपालको जिल्ला समिति गठन गरिएको छ । हिन्दु धर्म, संस्कृति तथा सामाजिक एकता सुदृढ गर्ने उद्देश्यसहित आयोजित एक कार्यक्रममार्फत नयाँ जिल्ला समिति गठन गरिएको हो ।
आयोजित भेलामा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धर्मप्रेमी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेका थियो । कार्यक्रममा वक्ताहरूले हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम गर्न यस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका छ । भेलाबाट सर्वसम्मत रूपमा बाशुदेव जाेशीकाे अध्यक्षतामा ११ सदस्य चयन भएकाे छ ।
अध्यक्ष बाशुदेव जाेशी , उपध्यक्ष बिमल जैरु ,सचिव लक्ष्मी कान्त पनेरु,काेषाध्यक्ष,नेत्र प्रकाश अवस्थी ,सदस्य प्रकाश भाट, सदस्य श्रीप्रसाद ठाकुर ,निरज जाेशी, प्रबिन जैरु,राजेन्द्र पान्डे र दिपकराज जाेशी रहेका छन ।
राष्ट्रिय सचिव महेन्द्र राज पन्त प्रदेश संगठन सचीव धनुषधारी पाण्डेज्युको आतिथ्यतामा पंडित कृष्ण दत्त भट्टज्युको अध्यक्षतामा सम्पन्न भेलाले सनातन संस्कृतिको संरक्षण गर्न गठित जिल्ला समितिले सवै स्थानीय तह र सवै वडामा संगठन निर्माण गरि धर्म जागरण एवम् धर्मान्तरण विरुद्धमा अभियान संन्चालन गर्नेछ ।
नवगठित समितिलाई बधाई दिदै राष्ट्रिय सचिव महेन्द्र राज पन्तले जिल्लाभर धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने, युवाहरूलाई सकारात्मक कार्यमा जोड्ने तथा समाजमा एकता र सहकार्यको वातावरण निर्माण गर्न भूमिका खेल्ने बताएका छन ।
उनले नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्दै संगठनलाई अझ सशक्त बनाउनेमा जाेड दिएका हुन । साथै जिल्लाका विभिन्न स्थानीय तहमा संगठन विस्तार गर्ने तथा धार्मिक चेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सार्नुपर्ने सचिव महेन्द्र राज पन्तले सुझाव दिए ।
कार्यक्रमका सहभागीहरूले समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
- Facebook Comments
- Comments