डडेल्धुरा । नेपाली सेनाको अर्जुनबाण गण दह ब्यारेकले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै “विपद् पूर्वतयारी मनसुन–६” संयुक्त अभ्यास बिहिबार सम्पन्न गरेको छ ।

मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा प्रभावकारी उद्धार तथा प्रतिकार्य गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको अर्जुनबाण गण दह ब्यारेकले जनाएको छ । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
अभ्यासका क्रममा बाढीमा फसेका नागरिकको उद्धार, घाइतेको सुरक्षित स्थानमा स्थानान्तरण, प्राथमिक उपचार, लगायतका गतिविधिको डेमो प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाको अर्जुनबाण गण दह ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास अमरगढी नगरपालिका–२ स्थित खोलामा प्रस्तुत गरिएको हो ।
अर्जुनबाण गण दहव्यारेकले आयोजना गरिएको डेमो प्रदर्शन कार्यक्रममा प्रमुख अथिति निमित्य प्रमुख अमर बहादुर वली, अर्जुनबाण गण दहव्यारेकका गण पति प्रल्ह।द थापा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुण बहादुर सिह सशस्त्र प्रहरी बल डडेल्धुराका प्रमुख लगाएत स्थानीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दैे निमित्य प्रमुख अमर बहादुर वलीले विपद् व्यवस्थापनमा पूर्वतयारी नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै यस्ता अभ्यासले वास्तविक घटनाका बेला जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै स्थानीयवासी असोक बहादुर सार्कीले समेत अभ्यासलाई सकारात्मक रूपमा लिँदै विपद्को समयमा सुरक्षा निकायले मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा प्रभावकारी उद्धार तथाको अभ्यास तयारीप्रति विश्वास बढेको बताएका छन ।
नेपाली सेनाले मनसुनजन्य जोखिम बढ्दै गइरहेका बेला जिल्लाका विभिन्न स्थानमा यस्ता सचेतनामूलक तथा उद्धारसम्बन्धी अभ्यासलाई निरन्तरता दिइने जनाएको छ ।
