डडेल्धुरा । बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र चार वर्षीय रियास महरा रहेका छन्।
सोमबार बिहान टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार अटोको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो।
अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। दुर्घटनापछि अटो चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- Facebook Comments
- Comments