कैलालीको अत्तरियाबाट एक पुरुष बेपत्ता

धनगढी । कैलालीको अत्तरियाबाट एक जना पुरुष बेपत्ता भएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय देब साउँद आइतबारदेखि अत्तरियाबाट बेपत्ता भएका हुन ।

बोल्न नसक्ने अपाङ्गता भएका साउँद अन्तिम पटक अत्तरिया चोकबाट साइकलमा पूर्वरोडतर्फ गएको सीसीटीभी क्यामरामा देखिएको छ ।

उनलाई भेटाउने व्यक्तिले नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८६८५०३९६० मा परिवारजनलाई सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन ।                          

                 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुरा द्धारा

                              जनहितमा जारी संन्देश

 आफूले रोजेको वा लिन चाहेको स्वास्थ्य सेवा निःशुल्क लिन पाउने अधिकारलाई सुनिश्चित गर्दै,परम्पराप्राप्त,नेपालको राष्ट्रिय चिकित्सा पद्धति समेत रहेको आयुर्वेद सेवालाई जनसुलभ गराउने उद्देश्यले,आफ्नै देशमा उत्पादित जडीबुटीहरूको भरपूर उपयोग तथा त्यसबाट लाभान्वित हुने अवसर प्राप्त गरौ ।
बाधरोग, ग्यास्टिक नशारोग जस्ता थुर्पौ रोगको आयुर्वेद सेवाबाट निशुल्क औषधी उपचार गरौ ।                                   

       जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुरा

        

Loading...