अमरगढी नगरपालिकाले ल्यायो ६० करोड बढीको बजेट

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ६० करोड ४६ लाख ४४ हजारको बजेट ल्याएको छ । सोमबार १५ औं नगरसभावाट उक्त बजेट ल्याइएको हो ।
अमरगढी नगरपालिकाका प्रवक्ता खेमराज भट्टले चालु तर्फ ४३ करोड ६७ लाख ४४ हजार र पूँजीगत तर्फ १७ करोड १९ लाख बजेट नगरसभामा प्रस्तुत भएको वताए ।
साथै उनले संघिय अनुदान तर्फ ४४ करोड ८९ लाख ,प्रदेश अनुदान तर्फ ४ करोड ६९ लाख ८६ हजारको वजेट प्रस्तुत गरिएको जानकारी दिए ।

यस्तै आन्तरीक आय तर्फ अनुमानित १ करोड ६० लाख, राजस्व वाँडफाँड तर्फ ३१ लाख ५८ हजार ,मालपोत तर्फ ३० लाख गरी कुल ६० करोड ४६ लाख ४४ हजारको बजेट विनियोजन गरिएको हो ।
नीति तथा कार्यक्रम अमरगढी नगरपालिकाका प्रवक्ता खेमराज भट्टले प्रस्तुत गरेका थिए भने वजेट कार्यपालिका सदस्य राधिका जोशीले प्रस्तुत गरेकी थिइन ।

 

Loading...