डडेल्धुराः डडेल्धुरामा एक नाले भरुवा बन्दुक फेला परेको छ । जिल्लाको अजयमेरु गाउँपालिका–४ देवली जंगलमा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जंगलमा स्थानीय गोठालाहरूले बन्दुक रहेको भनि जानकारी गराउनासाथ प्रहरी चौकी देवलदिब्यपुर डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारेर बरामद गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।