राउटे समुदायका विद्यार्थी झोला पाएपछि खुसी

डडेल्धुरा : परशुराम नगरपालिका १२ आमपानी स्थित विपी आधारभुत विद्यालयका ४६ जना छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच सामाजिक विकास कार्यालय डडेल्धुराले उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत १९६ जना मध्ये ४६ जना छात्रालाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख कुलराज सोतीले जानकारी दिए ‘राउटे समुदायका बालबालिका बिशेष संरक्षणको अभावमा रहेका छन । विद्यालय छोड्नेको संख्या पनि धेरै छ ।

विद्यार्थी हातमा किताब बोकेर आउने गर्थे’, उनले भने, ‘केही हदसम्म सहयोग होस् भनेर झोला, कापी, कलमलगायतका सामग्री दिएका हौं।’झोला पाइपछि विद्यार्थीले खुसी व्यक्त गरेका छन ।

 

Loading...