कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी १ लाख १९ हजार ४५०, इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीले अन्दाजी १८ हजार ८५० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी झिलमिलाले अन्दाजी ३५ हजार ६९० मुल्यको गरेर जम्मा १ लाख ७३ हजार ९९० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।
बरामद गरेका कपडा, पेन्ट, तेल, मिश्री, चिनि, हाड वेयरका सामान लगाएत किरानाका सामान कारबाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।