सुनको मूल्य आज सामान्य बढ्यो छ

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्य बढेको छ ।

सुन आज तोलामा एक सय रूपैयाँ बढ्दै प्रतितोला एक लाख ४४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...