निसर्ग अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु

‎धनगढी । धनगढी स्थिति निसर्ग अस्पतालमा उपचारको क्रममा एक युवतीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको हो ।

सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको हो । डाक्टरको लापरबाहीले गर्दा नै विरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन ।

मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने हुनुपर्ने माग गरे । अस्पतालले भने लापरबाही स्विकार गरेको छैन ।

मृतक जोशी हेल्थ असिस्टेन्ट (एचए) पढ्दै गरेकी थिइन् । उनी धनगढीकै नवजीवन अस्पतालमा ‘वजेटी’ गरिरहेकी थिइन ।

 

Loading...