भैरहवामा बुद्ध एयरको जहाज राति धावनमार्गमा चिप्लियो, सबै यात्रु सकुशल, विमानस्थल बन्द

काठमाडौं । भैरहवामा बुद्ध एयरको जहाज चिप्लिएर धावनमार्गबाहिर पुगेको छ । काठमाडौंबाट राति साढे ९ बजे उडान भरेको जहाज अवतरण गर्ने बेलामा चिप्लिएको थियो ।

जहाज चिप्लिएर धावनमार्गको छेउतर्फ पुगेको थियो । जहाजको चक्काले माटो छोएको छ ।५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् भने जहाज सोही ठाउँमै रहेका कारण अन्य उडान ठप्प छन ।

जहाज धावनमार्गमा रहेका कारण विमानस्थल बन्द रहेको छ ।राति नै बुद्ध एयरको प्राविधिक र प्रहरीले तान्ने प्रयास गरे पनि सफल हुन नसकेपछि अहिले काठमाडौंबाट प्राविधिक टोली जाने तयारी भएको छ ।

Loading...