बंगलादेशको घटनापछि नेपालको नाकामा सुरक्षा कडाइ

काठमाडौँ । आन्दोलन चर्किएर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।

गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।

सुरक्षा समितिमा बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउनेबारे छलफल भएको सुरक्षा समितिमा सहभागी एकजना उच्च अधिकृतले बताए । सुरक्षा समितिमा छलफल भएपछि कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका सीमा नाकामा कडाइ गरिएको छ ।

Loading...