बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट लन्डन जाने अफवाह चलिरहेको समयमा बेलायतले हसिनालाई झट्का दिएको छ ।
बेलायत हसिनालाई शरण दिन नसकिने जनाएको हो । बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ ।
सोमबार सरकार विरोधी उग्र प्रदर्शनबिच राजीनामा दिएपछि हसिना अहिले दिल्लीमा छिन् ।शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ ।
आवश्यकता परेकालाई शरण दिएको बेलायतको तगडा रेकर्ड छ ।तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान छैन गृह मन्त्रालयको प्रवक्ताले भनेका छन ।
अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ । औपचारिक शरणको अनुरोधमा प्रक्रिया अगाडि बढिरहेको हल्ला पनि सुन्नमा आइरहेको छ ।