एआईजी श्याम ज्ञवालीको सरुवा, दीपक थापा सीआईबीमा

काठमाडौं । सरकारले चारजना एआईजीको सरुवा गरेको छ । यसअघि बढुवा सिफारिस समितिले एआईजीमा बढुवा गरेका रामदत्त जोशीलाई बढुवा गर्दै प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापन गरेको छ भने उनीसँगै थप तीन जना एआईजीको सरुवा भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहेका एआईजी श्याम ज्ञवाली प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, उपत्यका प्रहरी कार्यालयमा कार्यरत दीपक थापालाई सीआईबीमा र प्रहरी प्रधान कार्यालयको कार्यविभागमा रहेकी किरण बज्राचार्यलाई रानीपोखरीमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

Loading...