डडेल्धुरा: डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जिप दुर्घटना भएको छ।
बिहीबार अपराह्न सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप नालीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकको गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।