डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते

 डोटी। डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन ।

बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।

 घाइते सबैको  सुजङ अस्पतालमा उपचार  भैरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

Loading...