बझाङमा पहिरोले लग्यो ४ जानाकाे ज्यान

बझाङ: बझाङमा एक घरकाे माथिबाट पहिरो जाँदा घरभित्र रहेका चार जनाको मृत्यु भएकाे छ ।

जिल्लाको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परी काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको मृत्यु भएकाे  हो ।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जनाकाे शव पुरिएको अवस्थामा घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

९ जना सदस्य रहेको उक्त घरमा माथि बाट राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ । यस्तै ५ जनाको तत्काल जिवितै उद्धार गरिएको हाे ।

प्रहरीकाअनुसार राति करीब साढे १ बजेकाे समयमा एक्कासि वीरबहादुर धामीकाे घरमाथिबाट पहिराे गएकाे थियाे। पहिरो आएको थाहा पाएपछि भागेर बाँच्नेमा १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय राेशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जाेशी रहेका छन ।

घाइते भएका उनीहरूकाे स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ। एकै घरका ४ जनाको मृत्युले गाउँ नै शोकमा डुबेको छ भने पहिरोले घर पूर्ण रुपमा बगाएको बताइएको छ। उक्त घरमा रहेका ५ वटा बाख्रा पनि बगाएको प्रहरीले जनाएको छ ।

Loading...