बाजुरामा करेन्ट लागेर २ जनाको घाइते

बाजुराः बाजुरामा करेन्ट लागेर २ जना घाइते भएका छन्।

जिल्लाको बडीमालिका नगरपालिका–६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका हुन्। कोर्धाली गाड लघु जलविद्यतु आयोजनाको तार मर्मतका लागि पोलमा चढ्नेक्रममा २ जना घाइते भएको प्रहरी निरीक्षक दिलिप गिरीले बताए । बडीमालिका–६ कोर्धका २९ वर्षीय रुपक बडुवाल र बडीमालिका–४ रिलाका २८ वर्षीय राजेन्द्र नाथ घाइते भएका छन ।

बडुवाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बडुवाललाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरिरहेको छ भने नाथको अस्पतालमै उपचार भइरहेको छ ।

केन्द्रीय प्रशारण लाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ। विहान साढे ८ बजेतिर करेन्ट लागेको हो।

Loading...