डडेल्धुरामा पनि मनाइयो मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस

डडेल्धुरा । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औं राष्ट्रिय दिवस डडेल्धुरामा पनि मनाइएको छ ।

जिल्ला मूल समारोह समिति डडेल्धुराको आयोजनामा बिहीवार ‘तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो । त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखनविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो।

दिवसका अवसरमा डडेल्धुराको तुफानडाँडादेखि बागबजारसम्ममा सचेतनामूलक पम्पलेट बोकेर प्रभातफेरी निकालिएको हो । प्रभातफेरी तुफानडाँडा चोकबाट बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

 

Loading...