काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको डीएसपी रन्जन अवाले बताए ।
उनले भने,‘हाम्रो सिफारिसमा सरकारी वकिल कार्यालयले उहाँलाई बोलाएको बेला उपस्थित हुनेगरी छाड्न अनुमति दिएको छ । निर्णयको पत्र काठमाडौँमा पठाइएको छ ।
छोरा सम्भव सिरोहियाले उनको जमानत लिएका छन् । फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था छ । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । उनि प्रहरीले बोलाएको बेला उपस्थित हुनुपर्ने छ ।