सन्त निरंकारी मण्डलको ३५ औं वार्षिक साधारणसभा

सन्त निरंकारी मण्डल नेपालको ३५ औं वार्षिक साधारणसभा दाङ तुलसीपुरमा शुक्रबार सम्पन्न भएको छ । सन्त निरंकारी मण्डप नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर रावलको अध्यक्षतामा दाङ तथा तुलसीपुरमा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा पूर्व राष्ट्रिय सभासदस्य कोमल ओली र लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खड्काले मण्डलको सामाजिक र धार्मिक सेवाको प्रशंसा गर्नुभएको हो । नगर प्रमुख खड्काले सद्भाव र सहिष्णुता हाम्रो समाजको आधारस्तम्भ भएको बताउनुभयो । यस्तै साधारण सभामा वर्षिक प्रतिवेदन सचिव अनिल महर्जन र संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण कनैया पाठकले प्रस्तुत गर्नुभएको हो ।

सन्त निरंकारी मण्डप नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर रावलले सन्त निरंकारी मिशनमा हिन्दु, मुस्लिम, सिख, ईसाई, बौद्ध, पारसी लगायत अनकौं धर्म जातजाति, रहन–सहन, भेषभूशा, संस्कृतिका व्यक्तिहरुको साझा फूलवारी हो । सन्त निरंकारी मिशनले सम्पूर्ण मानव प्राणी एक निराकार परमात्माका सन्तान हुन । सम्पूर्ण विश्वमा एक मात्र निराकार परमात्मा रहेको छ । यसले एकबाट अनेक भएर यस श्रृष्टिको संचालन गरिरहेको छ । उहाले बताउनु भयो कि यस एक परमात्मा ईश्वरलाई नजानेसम्म मानव जीवन सार्थक हुन नसक्ने बताउनु भयो । उनले भने निराकार परमात्मालाई जान्नको लागि आध्यात्मिक शिक्षाको आवश्यकता पर्दछ । भनिएको पनि आध्यात्मिक शिक्षा नै भौतिक शिक्षाको पूरक हो ।

जबसम्म हामी आध्यात्मिक शिक्षालाई ग्रहण गर्दैनौ तबसम्म हामी जतिसुकै भौतिक शिक्षा हासिक किन नगरौं त्यो पूरा हुन सक्दैन, जीवन अपूरो नै रहन्छ । आत्माले जबसम्म परमात्मालाई जान्दैन तबसम्म हामीले आफूलाई शरीरको रुपमा मानेका हुन्छौ, मानव भएर हाम्रो कर्तव्य के हो, हाम्रो मूल स्वरुप कुन हो, वास्तविक ठेगाना कहाँ हो भन्ने कुरा हामीलाई थाह हुँदैन ।

हामी सबै ईश्वरका अंश हौं, यसको बोध समयको सत्गुरुबाट मात्र सम्भव छ र सत्गुरुले साक्षात्कार निराकारको दर्शन गराउन सक्ने सन्त निरंकारी मण्डल का केन्द्रीय अध्यक्ष नर बहादुर रावलले बताउनु भयो ।

यस्तै सन्त निरंकारी मण्डल नेपाल सत्संग दाङ शाखाका अध्यक्ष शारदा जिसीले स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण केन्द्रिय सहसचिव नर बहादुर बिकले गर्नुभएको हो । 

धर्म होईन, भावनालाई परिवर्तन गराउ भन्ने मुल नाराका साथ सन्त निरंकारी मण्डल नेपालको ३५ औं वार्षिक साधारणसभा बिभिध कार्यक्रम का साथ दाङको तुलसीपुरमा शुक्रबार सम्पन्न भएको थियो । कार्यक्रममा देशभरीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

Loading...