कैलाली कारागारभित्र कैदीहरुले लागू औषधि सेवन गर्ने गरेको एउटा घटनाले देखाएको छ । कैलाली कारागारमा थुनामा रहेका दिपक विकको विष सेवनका कारण मृत्यु भएको घटनाले कारागारभित्र चरेस लगायतको लागू औषध पुग्ने गरेको देखिएको हो । कारागारभित्रै विष सेवन गरेर निधन भएका दिपकले लेखेको ३७ पानाको सुसाईट नोटको चौथो पानामा उनले आफूलाई चरेसको लतमा लागेको उल्लेख गरेका छन ।
२०८१ भदौ १७ गतेको मिति उल्लेख भएको पानामा उनले मैले आज आफ्नो बाबालाई दिएको बचन तोडे भन्दै चरेस खाएको उल्लेख गरेका छन् । उनले कुनै बेला अरुलाई सम्झाउने म आज आफै नसामा लागेको लेखेका छन् । मृतक दिपकको सुसाइट नोटमा कारागारभित्र चरेश पुग्ने गरेको देखिएको छ । कडा सुरक्षा घेराभित्र लागु औषध कसरी प्रवेश हुन्छ भन्ने चासोको विषय बनेको छ । कैलाली प्रहरी प्रमुख एसपी पदम बहादुर विष्टले अचार वा अन्य खानेकुराभित्र लागू औषध समेत पठाउन सक्ने सम्भावनाका कारण यी बस्तुको प्रवेशमा रोक लगाईएको जानकारी दिए ।