बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठजना घाइते

बैतडीः बैतडीमा भुवन टमट्टाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दुर्घटना भएको छ।

गोठालाापानीबाट झुलाघाटतर्फ जाँदै गरेको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन ।

मृत्यु हुनेमा भारतको पिथौरागढकी २१ वर्षीया मीना जोशी रहेकी छन । यस्तै दोगडाकेदार गाउँपालिका–६ की जानकी चुनारा,दशरथचन्द नगरपालिका–६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा गम्भीर घाइते भएका छन ।

गाडीमा चालकसहित ११ जना सवार रहेका थिए। तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए । घाइतेहरुको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । जिप सडकबाट ३० मिटर तल खसेको थियो ।

Loading...