अमरगढी टी–२० कप भोलिबाट सुरु उद्घाटन सांसद जोशीले गर्ने

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा आयोजना हुने ‘अमरगढी टी–२० कप पुरुष क्रिकेट प्रतियोगिता’ को ट्रफी सार्वजनिक गरिएको छ ।

आज (शुक्रवार) आयोजक सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराले पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो । सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराका निर्देशक विक्रम जैरुका अनुसार १२ वटा टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन ।

प्रतियोगिताका विजेतालाई १ लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

भोलि (शनिवार) देखि अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा आयोजना हुने प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले गर्ने छन । 

 

सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ८ हजार, सर्वोष्कृट ब्याटरलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ । उनीहरूलाई पनि ट्रफी र मेडल दिइने निर्देशक जैरुले बताए ।

Loading...