शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक गर्भवती हात्ती मृत फेला

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक गर्भवती हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवती हात्ती मृत फेला परेको हो ।

हिजो (शुक्रवार) दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा उक्त हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी मनोज ऐरले उक्त हात्ती बच्चा जन्माउन नसकेर मरेको हुन सक्ने बताए ।

उनले भने ‘हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ । निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका पनि उनले बताए ।

Loading...